दुवईमा नेपाल चिनाउँदै होटल संघ

पोखरा, ८ असोज ः पश्चिमाञ्चल होटल संघ पोखराको एक टोलीले हालै संयुक्त अरव इमिरेट्सको दुबईमा आयोजित कार्यक्रममा पोखरा तथा समग्र नेपालको प्रवद्र्धन गरेको छ । दुबईमा सम्पन्न होटल संघ नेपालको अर्धवार्षिक साधरण सभाका अवसरमा पोखरेली होटलकर्मीको सात सदस्यीय टोलीले सहभागिता जनाएको थियो । टोलीमा पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष विप्लव पौडेल, सल्लाहकार वच्चुराम तिवारी, प्रथम उपाध्यक्ष भरतराज पराजुली, कार्यसमिति सदस्य राजेन्द्र ढकाल, महादेव भण्डारी, भरत शर्मा र नारायण प्रसाद पहारीले सहभागिता जनाएका थिए ।dubai hotel

साधरण सभाका अवसरमा स्थानीय व्यवसायीसँग पर्यटनसँग सम्वन्धित व्यापारिक छलफल तथा सूचनाहरुको आदानप्रदान भएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिनुभयो । पोखरा र नेपाल सम्वन्धि प्रचार सामाग्रीको वितरण, प्याकेजहरु बारे प्रचारप्रशार, पोखराका आकर्षण तथा सेवा सुविधाबारे समेत टोलीले जानकारी गराएको शर्माले जानकारी दिनुभयो ।

सेप्टेम्वर २० बाट २४ सम्म भएको अर्धवार्षिक साधरण सभाका अवसरमा होटल संघ नेपालको सम्पूर्ण कार्यसमिति तथा सदस्यहरुले भाग लिएको टोलीमा सहभागी निवर्तमान अध्यक्ष विप्लव पौडेलले जानकारी दिनुभयो । साधरण सभामा नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप आकर्षक रुपमा कसरी पस्कने र प्रचारप्रशार गर्ने भन्ने विषयमा समेत छलफल भएको उहाँले स्मरण गराउनुभयो ।

कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले पर्यटन तथा होटल क्षेत्रले भोग्नुपरेका समस्याका बारेमा चर्चा गर्नुभएको थियो । नेपाल पर्यटन वोर्डले नेपालको गर्नुपर्ने जति प्रचार अन्तर्राष्ट्रिय बजारमा गर्न नसकेको गुनासो पनि उहाँले गर्नुभयो ।

कमेन्टहरु
Loading...