एमाओवादीलाई नहराए जनताले दुःख पाउँछन्ः देउवा

७ चैत, भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अवको चुनावमा एकीकृत नेकपा माओवादीलाई पराजित नगरे नेपाली जनताले फेरि पनि दुःख पाउने बताउनु भएको छ ।

sherbahadur deubaखरिपाटीमा बुधबार नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) को दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गदै वरिष्ठ नेता देउवाले एमाओवादीको अतिवाद र अराजकताले जनता आजित भइसकेको भन्दै अवको चुनाववाट उनीहरुको वहिर्गमन आवश्यक भएको बताउनु भयो । जनतालाई मिठा-मिठा आश्वाशन बाँड्दै हिड्ने माओवादीको हैसियत सबैले देखिसकेको भन्दै अब कसैले पनि नेपाली जनतालाई झुक्याउन नसक्ने बताउनु भयो ।

एमाओवादीले संविधानसभा विघटन गराएको भन्दै उहाँले जनताले संविधान विरोधीलाई चुनावमा परास्त नबनाए दोस्रंो संविधानसभाबाट पनि संविधान बन्न नसक्ने ठोकुवा गर्नुभयो । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएका कारण चुनाव हुने निश्चित भएको भन्दै हउाँले चुनाव निश्पक्ष र धाँधलीरहित वनाउन सवै समक्ष आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमाओवादीलाई आगामी चुनावमा परास्त नगरे फेरि संविधानसभाबाट संविधान नबन्ने बताउनु भयो । निर्वाचन चाँडै हुने भन्दै उहाँले सम्पूर्ण कार्यकर्तालाई निर्वाचनमा जुट्न अपिल गर्नुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...