‘अन्तिम सन्देश’ र ‘मरेर बा“चेकाहरु’ बिहीबार पोखरामा प्रदर्शन गरिंदै

पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ‘अन्तिम सन्देश’ र ‘मरेर बा“चेकाहरु’ नामक दुई वटा डकुमेन्ट्री बिहीबार पोखरामा प्रर्दशन हुने भएका छन् । मेची महाकाली मिडिया सोसाइटीले बिहीबार लेकसाइडस्थित होटल माउन्ट कैलाशमा बिहीबार बिहान १०ः३० बजे दुइटै डकुमेन्ट्री प्रदर्शन गर्न लागेको हो । एड्भोकेसी फोरमबाट निर्मित यो डकुमेन्ट्री यसअघि २५ वटा भन्दा ठाउ“मा प्रदर्शन भइसकेको छ । ३९ मिनेटको अन्तिम सन्देशमा सशस्त्र युद्धका क्रममा आफन्त बेपत्ता बनाइएपछि परिवारले भोगेको आर्थिक, सामाजिक, मानसिक र कानुनी पीडालाई उजागार गर्दै अबको आवश्यकतालाई जोड दिइएको छ । डकुमेन्ट्रीमा सेनाको हिरासतबाट परिवारलाई अन्तिम पत्र लेखेकी सुर्खेत लाटीकोइली गाविसकी दीपा ओलीको मुद्दालाई मुख्य कथाको रुपमा चित्रित गरिएको छ ।

यसैगरी, ३३ मिनेटको ‘मरेर बा“चेकाहरु’मा यातना पीडितहरुको पीडालाई केन्द्रबिन्दुमा राखिएको छ । डकुमेन्ट्रीमा द्वन्द्वकालमा माओवादीको घनप्रहारबाट आजीवन शारिरीक अशक्त बनेका बा“के हबल्दारपुरका जगदीश यादव, मानसिक सन्तुलन गुमाएका परदेशी खटिक, माओवादीकै कारण खुट्टा गुमाएका बर्दिया सानोश्रीका अशोक सोडारी, हात गुमाएका बर्दियाकै हेमराज थारु तथा राज्यबाट चरम यातना पाएका बांके कोहलपुरका युवराज गिरी, बेलवासपुरका निजामुद्दिन शेख र बर्दिया भुरीगाउ“का धनीराम चौधरीको पीडालाई बेजोडका साथ पर्दामा उतारिएको छ ।

कमेन्टहरु
Loading...