वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन

काठमाडौँ, ४ असार /वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको सोमबार साझँ अस्पतालमा निधन भएको छ । पित्त थैलीको क्यान्सरबाट गम्भीर बिरामी देवकोटाको सोमबार ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जानकारी दिएको छ ।

उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएपछि शल्यक्रिया गर्न नसक्ने भएको चिकित्सकले बताएका थिए। शल्यक्रिया गरेर उपचार सम्भव नभएपछि देवकोटाकै इच्छा अनुसार नेपाल फर्काइएको थियो ।

कमेन्टहरु
Loading...