धादिङमा बुधबार ३ सय जन्ती रित्तै घर फर्किए

धादिङ, २८ फागुन / बेहुली लिन भन्दै बेहुलाको घरबाट करिब ३ सय जन्ति हिडि सकेका थिए । बेहुलीको उमेर नपुगेकोले विवाह रोक्न भन्दै स्थानीय प्रहरीमा उजुरी परे पछि ३ सय जन्ती बेहुलीको घर नै नपुगि घर फर्किनु परेको हुन्छ ।

गजुरी–६ मिलनटार निवासी धु्रव सुवेदीले १८ वर्षीय छोरी सपना सुबेदीको विवाहा अघिल्लो दिन देखि नै आफन्त आएका थिए । विहानै मण्डप तयार थियो । गल्छी–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज संग विबाह हुदै थियो ।

कृष्ण अधिकारीले २ वटा बस र अन्य गाडी रिजर्व गरि करिब ३ सय जन्ती लिएर आउदैं गरेको खबर केटी पक्षलाई दिएका थिए । तर जन्तीको साटो गल्छी स्थित वैरेनी प्रहरीचौकीबाट महिला प्रहरी पुगेर उमेर नपुगेकोले विवाह रोक्न भन्ने सन्देश पाए ।

स्थानीय आमा समूहले उमेर नपुगेकोले विवाह नगरि दिन वारम्वार मौखिक अनुरोध गरे पनि नमाने पछि गजुरीमा रहेको ईलाका प्रहरीमा विवाह रोक्न उजुरी दिएका थिए । माईती पक्षलाई विवाह रोक्न आदेश लिदएको प्रहरीले दुलाहापक्षका जन्तीलाई आदमघाट स्थित शसस्त्र प्रहरी वेसक्याम्पबाटै फकाइदिएको थियो ।

कमेन्टहरु
Loading...