ढाड दुख्ने समस्याको समाधान

३ वैशाख, काठमाण्डौं । ढाड दुख्ने समस्या धेरैकेा साझा समस्या हो । अझ लामो समयसम्म कुर्सीमा बसेर तथा निहुरिएर काम गर्नुपर्नेका लागि ढाड दुख्ने समस्या निकै पाकिरहेको हुन्छ । ढाडको दुखाइ मांशपेशी, नशा, हड्डी तथा जोर्नी लगायतमा भएको पीडाका कारण महसुस हुन्छ । ढाड दुख्ने समस्याबाट पीडित भएपछि काम गर्न निकै कठिनाइ हुन्छ र काममा मन एकत्रित गर्न पनि सकिँदैन । किन दुख्छ ढाड ?

back-pain

एउटै काम पटक पटक दोहोराएर गर्दा मांशपेशीमा दबाब पर्छ । यसबाट मांशपेशीमा चोट पर्ने वा मांशपेशी थाक्ने हुन्छ । यसबाट पिठ्युँमा दुखाइ महसुस हुन्छ । बढि गह्रौँ वस्तु उठाउँदा पिठ्यूँमा बढि जोड पर्छ जसले गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ ।

पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा मांशपेशी तन्किने, खुम्चिने तथा तनाव आउने हुन्छ जसका कारण पनि पिठ्युँमा बढि दुखाइ महसुस हुन्छ । पिठ्युँको प्राकृतिक स्वरुपमाथि अत्यधिक दबाब वा बढि निहुरिने लगायतका काम गर्दा पनि पिठ्युँमा दबाब बढ्न गइ पिठ्युँ दुख्ने हुन्छ ।

पिठ्युँको दुखाइ हटाउन के गर्ने ?

लामो समयसम्म एउटै काम नगर्नुहोस् वा कुर्सीमा बसिनरहनुहोस् । केहीबेर हिड्ने, पाइला चाल्ने, कम्मर मर्काउने लगायतका सामान्य व्यायाम बेलाबेलामा गर्नुहोस् ।

शरीरको उचित मुद्रा कायम गर्नुहोस् । बस्दा बढि कुप्रो परेर नबस्नुहोस् र लामो समयसम्म उभिएर काम गर्नुपर्दा केहीबेर बस्नुहोस् र खुट्टालाई आराम दिनुहोस् । बढि ग्रह्रौँ वस्तु नउठाउनुहोस् । उठाउँदा भित्ता अथवा अरु वस्तुको आड लिनुहोस् । अनावश्यक रुपमा झुक्ने, पिठ्युँ वा कम्मर मोड्ने तथा अनावश्यक रुपमा पटकपटक बसउठ नगर्नुहोस् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...