CAN

ताला लगाइएको घर भित्र तीन जनाको शव

26

संखुवासभा, २४ माघ/संखुवासभाको पाथीभरामा ताला लगाएइएको घर भित्र तीन जनाको शव भेटिएको छ । पाथीभरा १ एकुवाकी ३३ वर्षीया कालीमाया शेर्पा, उनकी ५ वर्षीया छोरी निमल्छनु शेपा र ११ बषिर्या भदैनी निकिपा शेर्पाको हत्या गरिएको अवस्थामा शव घर भित्र भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक पवनकुमार गिरीले बाहिरबाट ताल लगाइएको घर भित्र भेटिएको मृतक तीन जनाको शरिरको विभिन्न भागमा कुटपिट गरेको र धारिलो हतियारले काटिएको दाग भेटिएको छ । एक साता अघि नै तीनै जनाको हत्या गरिएको अनुमान प्रहरीको छ ।

घट्ना भएको घर गाउँ भन्दा केहि पर एकान्तमा रहेकाले हत्या कहिले भएको हो भन्ने पत्ता लागेको छैन । घरमा बाँधिएको चौपायाले खान नपाएपछि गाउँलेले उनीहरुलाई खोजतलास गरेका थिए । घरभित्रबाट गन्ध आएकोले गाउँलले शुक्रबार हेर्दा तीनै जनालाई मृत अवस्थामा भेटेका हुन् ।४ छोरीकी आमा रहेकी कालीमायाकी २ छोरी पढाईका लागि मोरङमा रहेको र एक छोरी खाँदबारीमा मामाघरमा बस्दै आएकी छिन् ।

उनीसँगै रहेकी माइली छोरी र भाइ जीतबहादुर शेर्पाको छोरीको हत्या भएको हो । खुकुरी प्रहार गरी कान समेत काटेर मृतकसँग भएको ५ तोला समेत लुटिएको प्रहरीले जनाएको छ । मृतक कालीमायाको श्रीमान एक बर्ष अगाडी मलेसिया रोजगारकालागि गएका र घरमा तीन जनामात्र बस्दै आएका थिए । घटनाको ’boutमा थप अनुसन्धन भैरहेको प्रहरीले जानकारी दिएको छ ।