नेपालद्वारा बर्मुडा २१ रनले पराजित, विश्वकपमा जाने आशा जिवितै

पोखरा, ८ मंसिर/ट्वान्टी ट्वान्टी विश्व कप क्रिकेटको छनोटमा नेपालले बर्मुडालाई २१ रनले पराजित गरेको छ । जितसंगै नेपाल अघिल्लो चरण प्रवेश गरेको छ । अघिल्लो चरणको शीर्ष चारमा परे नेपाल विश्वकपका लागि छनोट हुने छ ।cricket 2

१४९ रनको लक्ष पछ्याएको बर्मुडा १९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएपछि नेपाल २१ रनले विजयी भएको हो ।
नेपालका लागि जितेन्द्र मुखियाले सर्वाधिक ३ विकेट लिए भने अभिनाष कर्णले चार ओभर बलिङ गर्दै १४ रन खर्चेर २ विकेट लिए । यसैगरी कप्तान पारस खड्काले २ तथा बसन्त रेग्मी र सागर पुन समान १(१ विकेट लिए ।

यसअघि दुबईको आइसीसी एकेडेमी ओभल मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाउँदै एक सय ४८ रन जोडेको थियो ।

कमेन्टहरु
Loading...