काठमाडौ फर्कियो राष्ट्रिय क्रिकेट टोली

सागर राज तिमिल्सिना/पोखरा, ७ चैत्र/एसीसी ट्वान्टी–२० एलिट कप क्रिकेटको तयारीका लागी पोखरा आएको क्रिकेट टोली काठमाडौ फर्किएको छ । नेपाली टोली गत विहिबारदेखि पोखरामा बन्द प्रशिक्षणमा थिए । प्रशिक्षण सकाएर टोली बुधबारै दिउसो काठमाडौ फर्किएको हो । प्रशिक्षणबाट बलिङ, ब्याटिङ, फिजिकल र फिटनेश सवैमा राम्रो सुधार आएको खेलाडीले बताएका छन् । सवै खेलाडिले आ–आफनो जिम्मेवारी बुझेका छन् । सवैले जिम्मेवारी पुरा गरेको खण्डमा उपाधि जित्छौ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एक साताको बन्द प्रशिक्षण सकाएर काठमाडौ फर्किदै गर्दा पोखरा रगंशालाको क्रिकेट मैदनमा खेलकदु पत्रकार मंञ्चका पदाधिकारीसंग बताएका छन् ।

पारस खड्काको कप्तानीमा हालै छनौट भएको १४ सदस्यीय र ४ जना बैकल्पिक नेपाली राष्ट्रिय खेलाडीहरुको टोलीको घोषणा भएको थियो । उनले नेपाली टिममा पहिले भन्दा खेलाडिहरुको खेलमा सुधार आएका कारण उपाधि उचाल्ने धुनमा रहेको बताए । सात दिने प्रशिक्षणमा विहान खेलाडीको फिट्नेसका लागी विभिन्न शारीरिक व्याम र दिनमा खेलबारेमा प्रशिक्षण दिइरहेको प्रशिक्षक जगत टमटाले जानकारी दिए । उनले दुई समुह बनाएर खेलाडीहरुलाई प्रशिक्षण दिइरहेको बताए । यसै विच टोलीलाई पोखराका क्रिकेट प्रेमीले मायाको चिनो सहित रातो गुलाबको फुल दिएर विदाई गरेका थिए ।

चैत १३ देखि २१ गते सम्म सन्चालन हुने एसीसी ट्वान्टी–२० एलिट कप क्रिकेट सुरु हुदै छ । नेपालले समुह एमा रहेका टिम सगँ चैत्र १३ गते माल्दिभ्स, १४ मा हङकङ, १७ मा मलेसिया र १८ मा सिंगापुरसगँ खेल्दै छ । युएई र वान डे मान्यता प्राप्त अफगानिस्तान बाहेक शीर्ष दुई स्थानमा रहने टिमले यसै वर्षको नोभेम्बरमा यूएईमा हुने आईसीसी ट्वान्टी २० वल्डकप छनोटमा खेल्ले मौका पाउने छ ।

कमेन्टहरु
Loading...