पोखरामाथि विरगन्जको एकविकेटको रोमाञ्चक जित

पोखरा, २१ माघ/पोखरा रंगशालामा जारी वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्षेत्र नं २ विरगन्जले क्षेत्र नं ८ पोखरा माथि एक विकेटको रोमाञ्चक जित हात पार्दै सेमिफाईनल प्रवेशको सम्भवाना जिवितै राख्दा घरेलु टोली भने दवावमा परेको छ । पोखराले दिएको एक सय ४१ रनको लक्ष्यलाई विरगन्जले नौ विकेट गुमाई ४४ ओभर ५ बलमा पुरा गरेको थियो ।

टस जितेर व्याटिङ रोजेको पोखराले ४१ ओभर पाँच बलको सामना गर्दै एकसय ४० रन बनाई अल आउट भएको थियो । पोखराको इनिङमा व्याट्सम्यानले बनाएको रनभन्दा अतिरिक्त रन बढी थियो । अतिरिक्त मात्रै ३१ रन पोखराले पाएपनि मध्मक स्कोर तयार हुदाँ विरगन्जलाई जितको लागि केही सहज हुन पुग्यो ।

पोखराको इनिङमा अनिल गुरुङले ६५ बलको सामना गर्दै २८ रनमा खेलिरहदाँ अविनाश कर्णको बलमा बोल्ड हुदैं पवेलियन फर्किएपछि व्याटिङ लाईन क्रमश ध्वस्त बनेको थियो । अनिल भन्दा अघि ध्रुव कार्की दश रन बनाएर क्याच आउट भए भने ओपनर व्याट्सम्यान आकाश थापा उदघाटन खेलमा जस्तै नविन यादवको बलमा एलबिडब्लुको शिकार बनेका थिए । थापाले १९ रन बनाए । कप्तान निश्चल पाण्डेले इनिङ सम्हाल्ने अुनमान गरिएपनि १६ रन बनाई ईसाद अहमदको बलमा क्याच हुदैं आउट भएपछि पोखराको सस्तैमा समेटिन पुग्यो । नविन यादवले नौ ओभर पाँच बल बलिङ गर्दै २८ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यसैगरी अविनाश कर्ण, ईसाद अहमद र अरिफ शेखले दुई÷दुई विकेट लिएका थिए ।

विरगन्जले महत्वपूर्ण जित हात पार्ने क्रममा व्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गरेका छन् । चार व्याट्सम्यानले औसत रन हिर्काएपछि लक्ष्य भेटाए । अरिफ शेखले २५, विक्रम बस्नेतले २८, सुरजप्रसाद कुर्मीले २८ र रामनरेश गिरीले २७ रन बनाएपछि विरगन्जलाई जितको नजिता आत्मसात गरेको हो । विरगन्जले सेमिफाईनलमा पुग्नको लागि सोमबार जनकपुरसित खेल्ने छ । पोखराले भने भैरहवालाई पराजित गर्नुपर्ने बाध्यता छ । अन्यथा जनकपुरले विरगन्जलाई पराजित गरेको अवस्थामा भने नेटरनरेटको आधारमा पोखराको लागि सेमिफाईनल ढोका खुल्ने छ ।

पोखराका बलर विरगन्जको लागि किफायति बन्न सकेनन् । दिपेश श्रेष्ठले दशओभरमा एक मेडनसहित ३४ रन दिएर तीन विकेट लिए । कप्तान पाण्डेले भने दुई विकेट आफनो लेखाउन दुई मेडनसहित ३१ रन खर्चिए । बलरहरुले अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा केवल २० रन मात्रै अतिरिक्त फालेका थिए । आईतबारको खेलमा विरगन्जका रामनरेश गिरी म्यान अफ दि म्याच घोषित भए । सोमबारको खेल जनकपुर र विरगन्ज बीच हुने छ । सेमिफाईनल प्रवेशको लागि दुवैलाई जितको खाँचो समेत छ ।

कमेन्टहरु
Loading...