डिभिजन २ मा वढुवासँगै नेपालले विश्वकप छनोट खेल्ने

२२ वैशाख, काठमाडौं । नेपालले आईसीसी वल्र्ड कप लिग डिभिजन २ मा वढुवा भएको छ । यससँगै नेपालले वल्र्डकप छनोट खेल्न पाउने भएको छ ।

शनिबार राति भएको खेलमा इटलीलाई ८ विकेटले हराउँदा अमेरिका बर्मुडासँग ५ विकेटले पराजित भयो र नेपाल रनरेटमा अघि रहँदै डिभिजन २ मा फड्को मार्न सफल भयो । नेपाल र अमेरिकाको समान ६ अंक भएपनि रनरेटमा नेपाल अघि रह्यो । ८ अंकका साथ शीर्ष स्थानमा रहेको युगाण्डा पनि शीर्ष स्थानमा उक्लिएको छ भने अमेरिका र बर्मुडा डिभिजन थ्रीमा रहँदा इटली र ओमान डिभिजन ४ मा घटुवा भएका छन् ।

इटलीले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य नेपालले १४ दशमलव ५ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो । पहिलो विकेटका लागि प्रदिप ऐरीसँग ८७ रनको साझेदारी गरेका ओपनर सुवास खकुरेल पहिलो विकेटका रुपमा व्यक्तिगत ४७ रनमा आउट भए । कप्तान पारस खड्का २२ रनमा पभेलियन फर्किए । प्रदिप ४२ र ज्ञानेन्द्र मल्ल १० रनमा अविजित रहे ।

यसअघि पहिले व्याटिङ गरेको इटलीले ५० ओभरमा ९ विकेट गुएमार १ सय २७ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा रहुल विश्वकर्मा र संजम रेग्मीले समान ३÷३ विकेट लिए भने शक्ति गौचनले २ र बसन्त रेग्मीले १ विकेट लिए । cp. onlinekhabar

कमेन्टहरु
Loading...