एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितोका नेपालले माल्दिभ्सलाई १७२ को लक्ष्य

काठमाडौ, चैत्र १३ -एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितोका पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १७२ को लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको माल्दिभ्सविरुद्ध सुरुवाती व्याट्सम्यान प्रदीप एैरे र सुबास खकुरेलले राम्रो योगफलबाट खेल सुरुवात गरिदिए । ६ ओभर खेलिसकेर आउट भएका रैरेले ५९ रन बनाए । खकुरेल २६ रन बनाएर आउट भए । तर, उप कप्तान ज्ञानेन्द्र मल्ल भने तीन बल खेलेर २ रनमै आउट भए ।

सुरुवातमै आक्रामक ब्याटिङ गरेका एैरेले २६ बलमा ८ चौका र ६ छक्का प्रहार गरेर त्रिवि मैदान कीर्तिपुरमा खेल हेर्न उपस्थित नेपाली दर्शकलाई उत्साहित बनाइदिए ।  कप्तान पारख खड्का र बिनोद भण्डारी क्रमशः १० र १५ रन बनाएर आउट भए । नेपालले आज बनाएको योगफल अहिलेसम्मकै दोस्रो ठूलो हो ।cp.

कमेन्टहरु
Loading...