करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाण्डौं, ६ बैशाख /काठमाण्डौं तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सर्लाही घर भई काठमाडौं बौद्ध बस्ने २१ वर्षिय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–११ ईनरुवा बस्ने ६० वर्षीय बिश्वनाथ यादवको आफ्नै घरको विद्युतको मिटरमा तार जोडने क्रममा करेन्ट लाग्दा शुक्रबार बिहान मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...