पोखरा क्रिकेट क्लब लिग च्याम्पियन

पोखरा, १९ मंसिर/कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय लिग कम नकाउट क्रिकेट प्रतियोगिताको उपाधि पोखरा क्रिकेट क्लबले जितेको छ । मंगलबार पोखरा रंगशालामा सम्पन्न फाईनल खेलमा पोखरा क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबलाई १ सय ३१ रनले पराजित गर्दै उपाधि उचालेको हो । टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट क्लबले ४० ओभर खेल्दै सात विकेटको क्षतिमा दुई सय २७ रनको योगफल तयार पारेको थियो ।

अर्जुन अधिकारीले इनिङमा महत्वपूर्ण रन जोड्न्े क्रममा ८३ रन बनाएका थिए । उनले ९८ बलमा सामना गर्दै आठ चौका र दुई छक्का हिर्काउदै सानदार इनिङ खेले । त्यसैगरी देव्रे हाते व्याट्स म्यान प्रदीप राउतले नटआउट ५४ रनको इनिङ खेलेपछि विशाल योगफल तर्फ उन्मुख भएको थियो । राउत ४७ बलमा नौ चक्का हिर्काए । रिजन प्रजुले २५ बलमा २३ रन बनाएर पवेलियन फर्किए । अनिल गुरुङले १६ र विपिन रन्जितले नटआउट ६ बलमा १० रन बनाए । अनु सिग्देलले आठ ओभरमा ४३ रन दिएर तीन विकेट लिएका थिए । दिवाकर थापा, रितेश बरालको नाममा एक एक विकेट लिएका थिए ।

२ सय २८ रनको लक्ष्य पछ्याएको माछापुच्छ«े ९६ रनमा समेटिएको थियो । कप्तान दिपेश खत्रीले ४२ बलमा ३४ रन हिर्काए । राहुल विश्वकर्माले पनि ३१ बलमा समान ३४ रन बनाएर पवेलियन फर्किएपछि माछापुच्छ«ेको व्याटिङ लाईन सस्तैमा समेटिएको थियो । अन्य व्याट्स म्यानको लोभलाग्दो प्रदर्शन गर्न चुकेपछि माछापुच्छ«ेले अघिल्लो वर्षको उपाधि विजेताको शाख जोगाउन असफल रह्यो ।

बलिङ तर्फ चन्द्रकुमार गुरुङले दुई दशमलव पाँच ओभरमा आठ रन दिएर चार विकेट लिएपछि सस्तैमा समेटियो । प्रदीप राउत र सौजन विसीले क्रमश दुई दुई विकेट लिए । फाईनल खेलको म्यान अफ दि म्याच प्रदीप राउत घोषित भएका थिए । प्रतियोगिताको बेष्ट बलर सुपेरियर क्रिकेट क्लबका कृष्ण केसी(आठ विकेट), बेष्ट व्याट्स म्यान अर्जुन अधिकारी(पोखरा क्रिकेट क्लब १ सय ८० रन) र म्यान अफ दि सिरिज रिजन प्रजु(पोखरा क्रिकेट क्लब, १ सय ३३ रन तथा पाँच विकेट) घोषित भएका थिए । उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोइराला तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा लगायतले पदक तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...