थप ३३४ जना कोरोना संक्रमित, कोरोनाबाट १० औ व्यक्तिको मृत्यु

काठमाडौं, २२ जेठ / नेपालमा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

दैलेखका ११३, रौतहटका ६५, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५, मुगुका १, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएको उनले जानकारी दिए ।

अहिले सम्म २९० जना उपचारपछि डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ । गत २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टिसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।

ती पुरूष केही दिनअघि भारतबाट आएका थिए । पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ज्यान गुमाएका थिए ।

कमेन्टहरु
Loading...