थप २७८ कोरोना संक्रमण, संक्रमितको संख्या २९१२ पुग्यो, ११ जनाको मृत्यु

काठमाडौं, २३ जेठ / नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका सगँ नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सुर्खेत पञ्चपुरीका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण जेठ २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जेठ ८ गते भारतबाट आइ १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा बसी घर फर्किएका पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ८, झापाका १ र मोरङका ६ गरी कुल १५ जनाको संक्रमण फेला परेको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाचीका १ जना, नवलपरासीका १ जना, पाल्पाका १ जना र रुपन्देहीका १८ जना गरी २२ जना, त्रिजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र प्रयोगशाला हेटौडामा सिन्धुलिका २ जना र बाराका २ जना गरी ४ जना, गण्डकी प्रदेशमा रहेको प्रयोगशालामा तनहुँका २ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा भोजपुरका ५ जना, झापाका १ जना र सुनसरीका १३ जना गरि १९ जना, सेती अस्पतालमा कैलालिका ४ जना, अछामका १ जना, बझाङका १ जना र डडेल्धुराका ५ जना गरी ११ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका १७ जना र काभ्रेका ५ जना गरी २२ जना, कोसी अस्पतालमा झापाका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना रामेछापका १ जना र गोरखाका १ जना गरी ९७ जनामा संक्रमण फेला परेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा सुर्खेतका १ र दाङका १ गरी २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना, धनुसाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जना गरी ७४ जनामा कोरोना संक्रमण पोजेटिभ पाइएको छ । अहिले सम्म संक्रमण भई निको हुनेको संख्या घर फर्किनेको सख्या ३ सय ३३ पुगेको छ ।

कमेन्टहरु
Loading...