कपिलवस्तुका १० जनामा कोरोना संक्रमण, १ सय २० पुग्यो

पोखरा, ३० वैशाख/कपिलवस्तुमा सोमबार जना कोरोना संक्रमित थपिए पछि नेपालमा कोरोना संक्रमितको सख्या १ सय २० जना पुगेको छ ।

एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएका १० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिकामा छिरेका हुन् ।

कोरोना संक्रमित १० जनामध्ये ८ जना यशोधरा गाउँपालिकाको पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा र अन्य २ जना बुद्धभूमि नगरपालिकाको अनिरुद्र पब्लिक मावि बैदौलीको क्वारेन्टाइनमा बसेका थिए ।

कमेन्टहरु
Loading...