कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा एक जनाको मृत्यु

काठमाडौं, ३ जेठ/ नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट एक जना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लागेर स्वासप्रश्वासमा समस्या आएको थियो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल उपचाका लागि परिवारले ल्याएका थिए ।

धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको पाइएको चिकित्सकहरुले मृत्यु घोषणा गरे । कोरोनासाग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आए स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका परिवार र अन्यको स्वाब परीक्षण भईरहेको छ । नेपालमा अहिले सम्म कोरोना संक्रकितका संख्या २ सय ८१ पुगेको छ ।

कमेन्टहरु
Loading...