पोखरा, १० जेठ / शनिबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस कोभिड-१९ संक्रमितको सख्या ५ सय ८४ पुगेको छ ।
शनिबार चार बजे सम्म ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
नेपालमा ७० जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।