तीन जना स्वास्थ्यकर्मी सहित थप ५ जनामा कोरोना संक्रमण

पोखरा, ७ जेठ/ तीन जना स्वास्थ्यकर्मी सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटामा ३ जना स्वास्थ्यकर्मी, १ जना स्वास्थ्यकर्मीका परिवार र १ जना सुरक्षाकर्मीलाई संक्रमण देखिएको हो ।

सोमबार ८३ जनाको स्वाब बिपि प्रतिष्ठान धरान ल्याइएको थियो । मंगलबार परीक्षणका क्रममा ५ जनामा संक्रमण देखीएको धनकुटा अस्पतालका सुचना अधिकारी राजन पोखरेले जानकारी दिए ।

मंगलबार एक चिकित्सक सहित थप २७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा संक्रमण देखिएको थियो । यससँगै कुल संक्रमितको संख्या ४०७ पुगेको छ ।

कमेन्टहरु
Loading...