थप १० जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमितको सख्या २ सय ९१

पोखरा, ४ जेठ / आइतबार बिहान थप १० जनामा कोरोना संक्रमण देखी पछि नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।

राष्टिय जनस्वास्थ्य प्रयोगशला काठमाडौमा भएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ बर्षिय पुरुष र रौतहट कै इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ बर्षिय पुरुषमा कोभिड १९ को पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा अहिले सम्म २ सय ९१ जनालाई संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...