थप ३० जनामा कोरोना संक्रमण, ४ सय ५७ पुग्यो

पोखरा, ८ जेठ/ झापा, धनकुटा, बाँके र कपिलवस्तु लगाएतक ठाउँमा बिहीबार थप ३० जनामा कोरोना देखिएपछि नेपालमा कोरोना संक्रमितको सख्या ४ सय ५७ पुगेको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

बिहीबार नै काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । अहिलेसम्म ४९ जना संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...