बिहीबार १७१ मा कोरोना संक्रमण पुष्टि

पोखरा, १६ जेठ/ बिहीबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भए सगँ नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ९८ पुगेको छ ।

बिहीबार धनुषाका २९ जना, झापामा २५ जना, कपिलवस्तुमा २३ जना, रौतहटका २० जना, महोत्तरीका १७ जना, सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यसै गरी सप्तरीमा १४ जना, दैलेखमा ८ जनामा, दोलखाका दुई, सोलुखुम्बु, रुपन्देहीमा, मकवानपुर, र नवलपुरमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसै गरी पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको रिपोर्ट पोजेटिभ, म्याग्दीका एक जनामा कोरोना देखिएको छ ।

पर्सामा ४ जना, दार्चुलाका एक जना, कैलालीका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म ५ जनाको कोरोनाले मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...