थप ४२५ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु

काठमाडौं, ३२ जेठ / नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगुको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ९ सय ७४ जना निको भएर घर फर्किएका छन् ।

रौतहटमा ७६ जना, दाङका ५४ जना, सुर्खेतका ४०, दैलेखका २९, रुपन्देहीका २६, धादिङका २५, डडेल्धुराका २४, कञ्चनपुरका २०, पाल्पा र पर्सा १७÷१७ जना र कैलालीका १२ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, बाराका ९ जना, गुल्मीका ८, सर्लाही ६, बझाङका ५, डोटी, बर्दिया र बाँकेका ३÷३ जना, नवलपुर, नवलपरासी, प्युठान र रामेछापमा २÷२ जना तथा धनुषा, सिन्धुली र रुकुमपश्चिमका १÷१ जना संक्रमित थपिएका छन् ।

त्यसै गरि गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।

उनलाई कोरोना संक्रमण भएको जेठ १२ मा पुष्टि भएको थियो । मृत्यु हुनेको सख्या १९ पुगेको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ सय ९९ संक्रमित पुगेका छन् भने एक जनाको मृत्युृ भएको छ । १६ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...