थप ३२ जनामा कोरोना संक्रमण, ४ सय ३४ पुग्यो

पोखरा, ७ जेठ / बुधबार थप ३२ जनामा कोरोना संक्रमण देखीपछि नेपालमा कोरोना संक्रमितको सख्या संख्या ४ सय ३४ पुगेको छ ।

अहिले सम्म दुई जनाको मृत्यु भएको छ भने ४५ जना निको भएर घर फर्किएका छन् । बुधबार झापामा ५ जना, धनकुटा र र धरानका १–१ जनालाई कोरोना भाइरस पुष्टि भए सगँ ३२ जना पुगेको हो । दिऊसो सम्म थप २५ जनामा कोरोना संक्रमित भेटिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जना, कपिलवस्तुमा १३ जना, नवलपरासी पश्चिममा एक जना, यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । धनकुटामा आज मात्रै ६ जनामा देखिएको छ ।

कमेन्टहरु
Loading...