काठमाडौं, १७ चैत/ कोरोना संक्रमणको आशंका गरेर दुई जनाको वीर अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतबाट हालै नेपाल आएका ५० वर्षिय पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षिया महिला छन् ।
कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको अस्पतालले जानकारी दिए ।
ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल भर्ना भएकोमा सोमबार बिहान मृत्यु भएको हो ।