लण्डनबाट आएका दुई जना कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ वैशाख / लण्डनबाट आए पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका आमा र छोरामा कोरोना संक्रमणको पुष्टि भएको छ भने बुहारीको पहिलो रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट नेगेटिभ आएको हो । सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ आएको थियो ।

दुई जना ५८ वर्षीया छोरा र ८१ वर्षीया आमामा मंगलबार पिसीआरबाट थप परीक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बुहारीको पहिलो परीक्षणमा कोभिड १९ पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुहारीको फेरि दोस्रो पटक कोरोना परीक्षण हुन लागेको मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु
Loading...