नेपालमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि

धनगढी, १ वैशाख / नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण फेला भएको छ । कैलालीको लम्की चुहाकी ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भेटिएको हो ।

उनी वीरगञ्ज नाकामा चिया बेच्ने गथिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेर घर फर्केकि थिइन् ।

क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनी २८ चैतमा घर गएकी हुन् ।

तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्ये एक जना निको भएर घर फर्कि सकेका छन् ।

कमेन्टहरु
Loading...