नेपाल थप दुई जनामा कोरोना संक्रमित पुष्टि, १४ जना पुग्यो

पोखरा, १ वैशाख / नेपालमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रलयले गर्दै आएको नियमीत पत्रकार सम्मेलनमा सोमबार नयाँ दुई जनामा कोरोना सक्रमण भेटिएको जानकारी दिएका हुन् ।

सोमबार भएको परीक्षणमा रौतहटमा क्वारेन्टाइनमा बसेका १९ बर्षिय युवक र कैलालीको लम्की चुहाकी ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भेटिएको हो ।

महिला वीरगञ्ज नाकामा चिया बेच्ने गथिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेर घर फर्के्कि थिइन् ।

क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनी २८ चैतमा घर गएकी हुन् ।

तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको थियो । नेपालमा १४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्ये एक जना निको भएर घर फर्कि सकेका छन् ।

कमेन्टहरु
Loading...