नेपालमा एकैदिन १६ जना कोरोना संक्रमित पुष्टि, कोरोना संक्रमितको सख्या ७५ पुग्यो

पोखरा, २१ वैशाख / नेपालमा आइतबार १६ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएका जानकारी अनुसार नेपालगञ्जमा मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो । उनका सम्र्पकमा आएका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पताल स्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ६० वटा नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आइतबार थपिएका कोभिड–संक्रमितमध्ये ८ पुरुष र ७ महिला छन् । थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । ति मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...