नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, कास्कीमा २ जना थपिए

पोखरा, १२ असार/ पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्व गौतमले जानकारी दिए । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको कोरोना परीक्षण गर्दा शुक्रबार पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भेटियो भने गण्डकी प्रदेशमा ३५ जना थपिएका छन् । पाल्पाका ७६ जना, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५/२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२/१२ र सुनसरीका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६/६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४र४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३/३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २र२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एकरएक जनामा संक्रमण देखिएको छ । यससँगै कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । २ हजार ६ सय ९८ जना डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस अपडेट: Novel Coronavirus (COVID-19) Media Briefing 2077.03.12 #COVID-19

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङ, २०७७ असार १२ गतेLive directly from the Ministry of Health and Population-Nepal#Covid19 #StaySafe #CoronaReportingLive streaming from https://healthnewsnepal.com/???? Like us at https://facebook.com/healthnewsnp

Posted by Ganthan.com on Friday, June 26, 2020

कमेन्टहरु
Loading...