थप ५८६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ७१७७, थप १ जनाको मृत्यु

कोरोना भाइरस कोभिड–१९
0

काठमाडौं, ३ असार/ नेपालमा पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ भने एक हजार १ सय ६७ जना डिस्चार्ज भएका छन् ।

बुधबार सबै भन्दा धेरै महोत्तरीमा २ सय जनामा कोरोना संक्रमण पुष्टिभएको छ । त्यसै गरी रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

त्यसै गरी मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २/२ जना तथा सिराहा, कैलाली र बाँकेका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनले बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।

रिप्लाई दिनुहोस्

कमेन्ट गर्न इमेल आवश्यक छ तर सार्वजनिक गरिने छैन ।