चैतेदशै देवि मन्दिरमा पुजा

पोखरा, ५ बैशाख/ कृष्ति मट्टिखान कालिकाकोट मन्दिर विकास एवं व्यवथापन समितिको आयोजनामा चैतेदशैको आवसरमा कालिकापुजा पंचवली विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजसेवी कप्तान बल बहादुर गुरुङले काला भैरव र कालिका जोड्ने बाटो निर्माण सहयोगका लागि ५० हजार रुपैया सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा चैते दशै र नयाँवर्ष २०७० को शुभकामना आदानप्रदान गरिएको थियो । त्यस्तै स्याङ्जाको नुवाकोटमा रहेको कालाभैरव मन्दिरमा पनि आज नै अष्टमी पुजा तथा प्रसाद ग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा उल्लेखनिय भक्तजनहरुको सहभागिता रहेको कालाभैरव पुरातात्विक व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले जानकारी दिए ।

त्यसै गरि चैतेदशैँको अवसरमा जाल्पादेवी टोल सुधार समिति आयोजनामा जाल्पामन्दिरमा विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा देवी चण्डिपाठ र विविध विशेष पूजा गरिएको र उक्त पूजामा स्थानीय तथा अन्य स्थानबाट आएका भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

श्रीस्वस्थानी कथा अनुसार सतीदेवीको अङ्गवतन भइ उत्पत्ति भएको जाल्पामन्दिरलाई विशेष देवीको रुपमा पूजा तथा स्मरण गरिने गरिन्छ । उक्त मन्दिरमा स्वस्थानी, पूर्णिमा तथा अन्य पर्वहरुमा नेपालका विभिन्न स्थानबाट दर्शनार्थी दर्शन गर्न आउने प्रचलन रहि आएको छ ।

कमेन्टहरु
Loading...