जेम्स रोवर्ट मेरेद्वारा छुनुमुनुको भ्रमण

पोखरा, १७ फागुन/नेपालका लागि अमेरिकी राजदूत पिटर डव्लु वोडे तथा युएस एड नेपालका मिशन डाइरेक्टर डेविड सि. एटवेरीले आज छुनुमुनु पव्लिकेशन लिमिटेडको भ्रमण गर्नु भयो । भ्रमणका अवसरमा रेडियो छुनुमुनुमा बालबालिकासँग कुराकानी गर्दै अमेरिका जहिले पनि नेपालमा शान्ति भएको देख्न चाहेको र शान्ति प्रक्रियाका लागि सँधै सहयोगीका रुपमा रहने विश्वास दिलाउनु भयो । उहाँले आफू आजभन्दा ३२ वर्ष पहिला नेपाल आएको र त्यस समयदेखिनै आफू नेपालीहरुमा रहेको सद्भावबाट प्रभावित भएको बताउनु भयो ।
नेपालका चुनौती के देख्नुहुन्छ त ? भन्ने प्रश्नको जवाफ नेपालको मुख्य समस्याका रुपमा यो देशमा विद्यमान राजनीति अवस्था रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्व र त्यसले दिने स्थायी सरकार नै विकासका लागि सहायक हुने बताउँनु भयो । कुराकानीका क्रममा उहाँले आफूले विश्वमा धेरै रेडियोसँग कुराकानी गरेको तर बालबालिकाले मात्र कार्यक्रम सञ्चालन गर्ने रेडियोेमा आफ्ना धारणा राख्न पाएकोमो खुशी व्यक्त गर्नु भयो । उहाँले बालबालिकालाई मेहनतका साथ अध्ययन गरी विश्व विकासको जिम्मेवारी लिन आग्रह गर्नु भयो ।

उहाँले भ्रमण अवसरमा ६ जना बालबालिकालाई मायाको चिनो फुटवल प्रदान गर्नु भयो । भ्रमणका क्रममा छुनुमुनु पव्लिकेशन लिमिटेडका अध्यक्ष दीलिपराज श्रेष्ठले अमेरिकी राजदूत पिटर डव्लु वोडे तथा युएस एड नेपालका मिशन डाइरेक्टर डेविड सि. एटवेरीलेलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । त्यस्तै प्रबन्ध निर्देशक रबिराज बसौलाले छुनुमुनु पव्लिकेशन लिमिटेड र यसले सञ्चालन गरेका गतिविधिका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...