अमेरिकाका चर्को आलोचक राष्ट्रपति चाभेजको निधन

काठमाडौ, फाल्गुन २३ – अमेरिकी संस्थापनका सबैभन्दा कडा अलोचक भेनेजुएला का राष्ट्रपति हृयुगो चाभेजको मंगलबार निधन भएको छ । १४ वर्षदेखि शासन गरिरहेको चाभेजको ५८ वर्षको उमेरमा निधन भएको हो । एक वर्षदेखि चाभेज क्यान्सरको गम्भीर बिरामी थिए । शुक्रबार चाभेजको अन्तिम संस्कार गरिने भएको छ ।

संविधानअनुसार अब भेनेजुएला मा ३० दिनभित्र राष्ट्रपति चुनाव गर्नुपर्छ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले टि्वटरमार्फत चाभेजको निधनमा शोक व्यक्त गरेका छन् । लोकप्रिय नेताको निधनले भेनेजुएला शोकमग्न छ । त्यहाँ ७ दिनका राष्ट्रिय लागि शोक घोषणा गरिएको छ ।

चाभेज समाजवादी खेमाबाट सत्तामा आएका थिए । ल्याटिन अमेरिकी देश भेनेजुएला का राष्ट्रपति चावेजले अमेरिकीको विरोध, त्यहाँ रहेको अमेरिकी बहुराष्ट्रिय कम्पनीको राष्ट्रियकरण तथा ठूलो मात्रमा सामाजिक सुरक्षामा लगानी बढाएर चर्चा कमाएका थिए । उनले मुलुकमा रहेका तेलखानीहरु अमेरिकी बहुराष्ट्रिय कम्पनीबाट खोसेर राष्ट्रियकरण गरेका थिए ।

नजिकैको अमेरिकाको कडा अलोचक उनी क्यूवासंग नजिक थिए । सन् २०११ मा क्यान्सर देखा परेपछि उनको उपचार समेत क्यूवामा गरिएको थियो । लामो समयदेखि सत्तामा रहेका चावेजलाई अमेरिकाले साम, दाम, दण्ड लगाएर सत्ता टिकिरहाने तानाशाहको रुपमा चित्रित गर्दै आएको थियो । यौपपी उनले गत बर्ष पछिल्लो चुनावमा बहुमत ल्याएर सत्तामा पुगेका थिए । उनको निधनमा भेनेजुएला का जनता भाविवह्वल भएको समाचार संस्थाहरुले तस्विरहरु संप्रेसन गरेको छ ।

यसैबीच संसारभरका विभिन्न बिशिष्ट ब्यक्तीहरुले शोक बक्तव्य दिने क्रममा अमेरिकी राष्ट्रपति बाराक ओवामाले चुनौतीपूर्ण अवस्थामा चावेजको निधनका बेला भेजेजुएली जनताको पक्षमा रचनात्मक सम्बन्ध विकासको लागि तयार रहेको उल्लेख गरेका छन् । उनले भेनेजुएला को इतिहासमा नयाँ अध्यायको सुरुवात भएको अमेरिका प्रजातान्त्रिक मुल्य मान्यता, विधिको शासन र मानव अधिकारको सम्मानको प्रबर्धनमा तत्पर रहेको उल्लेख गरेका छन् । cp. ekantipur.com

कमेन्टहरु
Loading...