चट्याङ सहित भारी वर्षाको सम्भावना

पोखरा, ३२ साउन / नदीहरुमा पानीको बहाब बढ्ने भएकाले सतर्क रहन मौसम विज्ञानले सूचित गरेका छन् ।

अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुने जनाएको छ ।

शनिबार पूर्वी तथा मध्यपहाडी भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैले शनिबार र आइतबार कन्काई, कमला, बागमती र महाकाली नदीमा बहाव बढ्ने अनुमान भएकाले सतर्क रहन मौसमविदको आग्रह छ ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित वर्षा भइरहेको अवस्था छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

श्रावण ३२ गते (शनिबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको  पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र १ गते (आइतबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र पुर्वी र मध्य क्षेत्रका केहि स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा पुर्वी भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका अधिकांस  स्थानहरुमा सामान्यतया बदली रही देशका केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र २ गते (सोमबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको  थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका अधिकांस  स्थानहरुमा सामान्यतया बदली रही देशका केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरु सतर्क रहनुहोला।

यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले पहाडी भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

 

कमेन्टहरु
Loading...