चन्द्रागिरिमा नजान अमेरिकी दूतावासको ‘भ्रामक’ एड्भाइजरी

काठमाडौं, ८ चैत /नेपालमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकार सहति काठमाडौ वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ। आजको कारोबार दैनिकमा खबर छ ।

कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ। माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन्। दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो।

दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका लागि सुरक्षा एलर्ट जारी गरेको हो। दूतावासले निकालेको उत्तः अर्लटमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।

सरकारले पनि अमेरिकी दूतावसका दावी भ्रामक रहेको भन्दै खण्डन गरेको छ। नेपालमा पछिल्लो समय कुनै क्षेमा अमेरिकी दूतावसले भनेजस्तो सुरक्षाको खतरा नभएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताए। ‘अमेरिकी दूतावासले किन यो विषयमा सुरक्षा अलर्ट जारी गरेको हो भन्ने विषयमा म कुरा गर्नेछु,’ मन्त्री अधिकारीले बुधबार भने।

अमेरिकी दूतावासमात्रै नभएर अन्य कुटनैतिक नियोग तथा दूतावासहरूले यस्ता विषयमा छलफल गरेर मात्रै अगाडि बढ्नसमेत मन्त्री अधिकारीले आग्रह गरेका छन् । “नेपालको सुरक्षामा कुनै पनि चुनौती छैन, नेपाल आउने सम्पूर्ण देशका नागरिकको सुरक्षाको जिम्मा नेपाल सरकारले लिन्छ,” मन्त्री अधिकारीले भने ।

चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेक शाहले पनि अमेरिकी दूतावासले यस्तो अलर्ट किन जारी ग¥यो भन्ने विषयमा आफूहरु अनभिज्ञ रहेको बताए । “विगतको माओवादी द्वन्द्वकालमा समेत नआउने यस्तोखालको विज्ञप्ती पहिलोपटक अमेरिकी दूतावासले जारी गरेकोप्रति हाम्रो आपत्ति छ,” शाहले भने ।

दूतावासले कुनै निश्चित होटल र पर्यटकीय क्षेत्र तोकेर यसअघि अलर्ट जारी नगरेको दावी गर्दै शाहले यसपटक सहज परिस्थितिमा समेत अलर्ट जारी गर्नु शंकास्पद रहेको महाप्रवन्धक शाह बताउँछन् । “हामीले प्रहरी प्रशासनदेखि जिल्ला प्रशासन कार्यालयसम्म र स्थानीय प्रहरीलगायत सवैतिर यो विषयमा जानकारी लिएका छौं, तर कतै पनि यस्तो खालको पत्रहरू नगएकोले आफूखुसी दूतावासले कसैको उक्सावटमा यो कदम चालेको देखिन्छ,” शाहले भने ।

कमेन्टहरु
Loading...