उपाधिका लागि चेल्सी र रियल मड्रिड भिड्ने

२१ साउन, काठमाडौं । मैत्रिपूर्ण इन्टरनेशनल च्याम्पियन्स कप फुटबलको उपाधिका लागि चेल्सी र रियल मड्रिड भिड्ने भएका छन् ।
chelse vs AC milanआइतबार राति भएको खेलमा इटालियन महारथी एसीमिलानलाई २–० ले पराजित गर्दै चेल्सीले प्रशिक्षक जोजे माउरिन्होको पूर्व क्लब रियल मड्रिडसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
चेल्सीले २८ औं मिनेटमा केभिन डे ब्रुआइनको गोलबाट अग्रता लियो । खेलको अन्तिम मिनेटमा आन्द्रेले गोल गरेपछि चेल्सीले २–० को जित जिकालेको हो । स्पेनिस जाइन्ट रियल मड्रिड भने इर्भटनलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल भिडन्त बुधबार मायामीमा हुनेछ ।

कमेन्टहरु
Loading...