विश्व क्यान्सर दिवसको अवसरमा विविध कार्यक्रम हुने

पोखरा, २० माघ/क्यान्सर रोग निवारणको क्षेत्रमा सेवारत नेपाल अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको अवसरमा माघ २२ गते क्यान्सर सचेतना कार्यक्रम सहित विभीन्न कार्यक्रम मनाउने भएको छ । यस वर्षको विश्व क्यान्सर दिवसको नारा “क्यान्सर – के तपाईलाई थाहा छ ” भन्ने रहेको छ । उक्त दिवस क्यान्सर सम्बन्धि ज्ञान बढाउने र गलत अवधारणालाई हटाउन विविध कार्यक्रम गरिने नेपाल अर्बुदरोग निवारण संस्था कास्कीका सभापति दिनेश शंकर पालिखेले जानकारी दिए ।

यस वर्षको नाराको मुख्य उद्देश्य हरेक व्यक्ति, संस्था र सरकारले आ आफ्नो क्षेत्रबाट क्यान्सर रोकथाम तथा नियन्त्रणका निम्ती सहकार्य गर्ने भन्ने रहेको छ । सहकार्य भएमा सन् २०२५ सम्ममा क्यान्सर रोगबाट हुने मृत्युदर २५ प्रतिशतले घटाउन सक्षम सकिने पालिखेको जानकारी दिए ।

हरेक वर्ष विश्वमा क्यान्स रोगबाट करीव ७६ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । नेपाल जस्तो विकासोन्मुख देशमा यस्तो रोगको उपचार खर्चिलो हुने भएकोले समयमा यस रोगको लाग्न नदिनु नै उत्तम उपाए भएको पालिखेले जानकारी दिए ।

कमेन्टहरु
Loading...