शुक्रवार पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्टको फाईनल

दिननाथ बराल
पोखरा ३०, जेठ/पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको आयोजनामा सुक्रबार भोलि पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्ट २०७० को फाईनल हुने भएको छ ।
उक्त प्रतियोगितामा १५ देखि ३० बर्ष उमेर समुहका रहेका छन भने इन्ष्टिच्युट भन्दा बाहिरका ४ जना सहित २० जना प्रतियोगि सहभागि हुने भएको ईन्ष्टिच्युटका संचालक मीना गुरुङले बताईन । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सुक्रबार १ बजेबाट उक्त कार्यक्रम सुभारम्भ हुने भएको छ । sssssमहिलाहरुको क्षेमता अभिबृद्धि गराउने उद्धेश्यले यस बर्षदेखि ईन्स्टिच्युटमा आबद्ध नभएका अन्य व्यक्तिहरुले समेत सहभागिता जनाएकोे ईन्स्टिच्युटले जनाएको छ । उक्त प्रतियोगिताको विजेताले २० हजार साथमा अन्य गिफ्टह््याम्पर पाउने छन । यस प्रतियोगिताका कोरीयोग्राफी रविन्द्र बज्रचार्ज रहेका छन भने फोटोग्राफिमा उमेश पुन रहेका छन । अन्जना गुरुङ, बिना गुरुङ, सिला लामा, शुजु पुन, सजीना क्षेत्रि, मुना गुरुङ, ज्योति गुरुङ, नानु गुरुङ, छिरिङ वाडमो, यशोदा श्रेष्ठ, सुजना परियार, विमला गुरुङ, पुष्पा राइ, नेल गुरुङ, मंजिला तामाङ, मोनिका तामाङ, शुशिला तामाङ, ललिता तामाङ, सपना गुरुङ र कविता पुन उक्त प्रतियोगितामा सहभागि हुदै छन ।

यसै विच डेढ बर्षदेखि प्राप्ति त्रैमासिक पत्रिका समेत संचालन गर्दै आएको यस ईन्ष्टिच्युटले यस पत्रिका प्रकाशनमा स्थापना कालदेखि निरन्तर रुपमा लेखक, रचना तथा फोटो उपलब्ध गराउदै आएका १० जनालाइ सम्मान गर्ने भएको छ । मायाको चिनोको साथमा खादा तथा अविर लगाएर उनीहरुलाई सम्मान गरीने भएको छ । सम्मानित हुनेहरुमा विषेश सहयोगी विजय नेपाल, आरजु विष्ट (शल्यानी), सावित्रि गौतम, रेम विक, वसन्ती बाँस्तोला, विभास भुजेल, तारा शर्मा, फोटो पत्रकार शुदर्शन रञ्जित, संजय र उमेश पुनलाई सम्मान गरीने भएको पत्रिकाका कार्यकारी सम्पादक दिननाथ बरालले बताए ।

 

कमेन्टहरु
Loading...