आप्mनो एकाधिकार कार्यम राख्न पोखराका यातायात व्यवसायी आन्दोलनमा

पोखरा, १९ कार्तिक/आप्mनो एकाधिकार कार्यम राख्न पोखराका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । पोखरामा नयाँ यातायात समिति दर्ता भएपछि यातायात व्यवसायी अन्दोलनमा उत्रिएका हुन् । नयाँ यातायात समितिको खारेजीको माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चल समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको छ ।

विहान १० बजे देखि ११ बजे सम्म सवारी साधन सहित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका थिए । सबै सार्वजनीक यातायात जिल्ला प्रशासन कार्यलय अगाडी भएपछि पोखराको यातायात केहि समय अस्तव्यस्थ बनेको थियो । कास्की जिल्ला प्रशासनले कार्तिक १४ गते विन्ध्यवासीनी यातायात बस व्यवसायी समिति दर्ता गरेको विरोधमा महासंघले आन्दोलन थालेको हो ।

यातायात व्यवसायीको अर्बौको लगानी डुबाउने खेल भैरहेकोले चरणबद्ध आन्दोलन थालेको समिति संयोजक सिंह बहादुर कार्कीले बताए । आन्दोलनका कार्यक्रम अनुसार भोलि पोखराका मुख्य चोकहरुमा एक घण्टा चक्काजाम गरिने उनले बताए ।

यस्तै कार्तिक २१ गते यातायात व्यवस्था कार्यालय गण्डकी घेराउ गर्ने, २२ गते पोखरा प्रवेशका मुख्य नाकाहरु छोरेपाटन, विजयपुर र याम्दीमा एक घण्टा चक्काजाम गर्ने तथा २३ र २४ गते दुई दिन कास्की जिल्लाभर यातायात बन्द गर्ने कार्यक्रम महासंघले घोषणा गरिसकेको छ । आफूहरुको माग सम्बोधन नभए मंसीर ५ गते बाट अनिश्चितकालिन गण्डकी अञ्चल बन्द गर्ने चेतावनी महासंघले दिएको छ ।

कमेन्टहरु
Loading...