बजेटमा पोखरेली सकारात्मक

गोकुल बानियाँ
३१ असार पोखरा/सरकारले आईतवार घोषणा गरेको नया आर्थिक बर्षको बजेटमा पोखरेलीहरुले सकारात्मक प्रतिक्रिया जनाएका छन् । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको लागि आबश्यक बजेट बिनियोजन गरिएको खबरले यस क्षेत्रका नागरिकमा उत्साह छाएको छ ।

अर्थमन्त्री शंकर प्रसाद कोईरालाले राष्ट्रिय गौरबका आयोजनामा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा बितरण गर्न आबश्यक बजेट बिनियोजन गरेको बताएका थिए । तर कति बजेट बिनियोजन भयो भन्नेबारे खुलाईएको छैन । यो संगै बर्षेदेखि प्रतिक्षाको बिषय बनेको बिमानस्थल निर्माणको मुद्धाले सार्थकता पाउने संकेत देखाएको नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब अध्यक्ष आनन्दराज मुल्मीले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्यबहादुर भुजेलले बजेटले पोखरालाई प्रथामिकतामा नपारेपनि अन्तराष्ट्रिय बिमानस्थल निर्माणको मुद्धा सम्बोधन हुनु सकारात्मक रहेको बताए । भु – तथा जलाधार संरक्षणमा टेवा पु¥याउन पोखरा उपत्यकामा रहेका तालहरुलाई रामसार सुचिमा सुचिकृत गरी संरक्षण तथा ब्यबस्थापन गर्ने सरकारी घोषणाले पोखराको फेवाताल लगायत लेखनाथमा रहेका लोपोन्मुख तालको संरक्षण हुने अपेक्षा गरिएको छ ।

पश्चिमाञ्चलकै पाल्पाको तानसेनमा पर्यटकिय बिमानस्थल , कास्की सहित पश्चिमाञ्चलका ८ जिल्लालाई सुन्तलाको पकेट क्षेत्र बनाउने सरकारी योजनालाई पनि पोखराबासीले महत्वपूर्ण प्रयासको रुपमा लिएका छन् ।

समयमै बजेट आएकाले आर्थिक सुचकांकमा सकारात्मक प्रभाब पर्ने निजि क्षेत्रको अपेक्षा छ । कर्मचारीलाई चित्त बुझाउन मासिक समान एक हजार भक्ता सहित १८ प्रतिशत तलब बृद्धी गरेको सरकारले नागरिकको चित्त बुझाउन भने चुनौति रहेको मुल्मीले बताए ।

‘घोषित बजेटलाई खर्च गर्न सक्ने हैसियत र क्षमताले सरकारी बजेटको सफलता वा असफलता प्रष्टाउछ ’ उनले भने । मुल्य बृद्धीको मारमा परेका सर्बसाधारणलाई राहत दिन बजार मुल्य नियन्त्रण बारे सरकार मौन रहेको भन्दै उनले असन्तुष्टी जनाए । निजि क्षेत्रलाई संगै लानेबारे अझैपनि नितिगत अष्पष्टता देखिएकाले सरकार र निजि क्षेत्रको सहकार्य बिना रोजगारीको अबसर सिर्जना नहुने उनको ठहर छ ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिब बहादुर कोईरालाले बजेटले पोखराका दुई महत्वपूर्ण आयोजनालाई समेट्नु सकारात्मक रहेको बताए । घोषित आयोजनालाई कार्यन्वयनमा ल्याउन उनले आग्रह समेत गरेका छन् ।

कमेन्टहरु
Loading...