बागलुङमा चट्याङ लागेर एकको मृत्यु, ६ घाईते

पोखरा, २९ चैत / बागलुङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ का २६ वर्षीय शंकर रिजालको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घरको पीढीमा बसिरहेका रिजाललाई शनिबार दिउसो ४ बजे परेको चट्याङले लागे पछि मृत्यु भएको थियो ।

चट्याङबाट गम्भीर भएका उनको उपचारका लागी धौलागिरी अञ्चल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै अर्को ठाउँमा परेको चट्याङका कारण पैयुँपाटामा ५ जना घाईते भएका छन् भने तीनजनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...