पेमा धेछेलिङ गुम्वाबाट बुद्ध जयन्तीको कार्यक्रम शुरु

पोखरा, ३० बैशाख /२५६३ औं बुद्ध जयन्तीको अवसरमा पोखरामा साता व्यापी कार्यक्रम आईतबार​बाट शुरु भएको छ । बैशाख ४ गते सम्म हुने कार्यक्रम मध्य आईतबार​ पहिलो दिनको कार्यक्रम लेकसाइड खहरे माथी तपोवन भुमी शितलवनमा निर्माण गरेको पेमा धेछेनलिङ गुम्वा बाट शुरु भएको हो ।

२५६३ औं बुद्ध जयन्ती समारोह समिती कास्की, पोखरा र बैदाम तामाङ सेवा समाजको आयोजनामा आजको कार्यक्रम सम्पन्न भएको हो । उक्त गुम्वामा पुजा अर्चना गरि शुरु भएको कार्यक्रम शान्ती स्तुपामा पुगेर समापन भएको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । गुम्वामा बुद्ध वचन, विश्व शान्ती र प्रज्ञा परमिता बुंम छ्योइ धर्मशास्त्रको दर्शन वाङ अभिषेक लगायतका कार्यक्रम भएका थिए ।

कार्यक्रममा लामा गुरुहरुद्धारा विश्वशान्तीको पुजा तथा बुद्ध बन्दना गरिएको थियो । बुद्ध प्रतिमालाई जल स्नान, पुष्प चढाइ दर्शन, ध्यान, दिप प्रज्ववलन लगायतको कार्यक्रम गरिएको छ । कार्यक्रमको पुर्व सन्ध्यामा शनिवार अम्बोटबाट बुद्ध प्रतिमाको परिक्रमा गरि सोही गुम्वामा पुजा अर्चना गरिएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

२५६३ औं बुद्ध जयन्ती समारोह समिती कास्कीको संयोजन तथा विभिन्न संघसंस्थाको आयोजनामा ४ गते सम्म हुने सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बैशाख ३० गते धर्म देशना, भोजन तथा प्राणदान, ३१ गते प्रभातफेरी, गणचक्र पुजा लगायतका कार्यक्रम हुने मुल आयोजक समिती संयोजक नरेन्द्र लालचनले जानकारी दिए ।

जेठ १ गते धर्मदेशना, प्रवचन समारोहका साथ विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । जेठ २ गते भिक्षु सुभद्रको स्मृतिसभा, सरसफाइ जेठ ३ गते भोजन दान कार्यक्रम तय गरिएको छ । जेठ ४ गते शान्ती र्याली, दीप यात्रा, ज्ञानमाला भजनसंगै धर्मशिला बुद्धविहार भवन निर्माणको शिलान्यास तथा मुल समारोहका कार्यक्रम हुनेछ ।

कमेन्टहरु
Loading...