बुद्ध जयन्तीको अवसरमा आँकुरालाई खाद्य सामाग्री वितरण

पोखरा, ५ जेठ/बुद्ध जयन्ती मूल समारोह समिति कास्कीले २५५७ औ वुद्ध जयन्तीको अवसरमा सप्ताहव्यापी रुपमा आयोजना गरेको कार्यक्रम अन्तर्गत आईतबार खाद्य सामाग्री वितरण गरिएको छ । ज्ञानमाला संघ धर्मशीला बुद्ध विहारले आईतबार एक कार्यक्रमको आयोजना गरि आकुँरा एकल तथा संक्रमित महिला समूह पुरुन्चौरलाई खाद्य सामाग्री वितरण गरेको हो ।

2कार्यक्रममा करिव २३ हजार वरावरको खाद्य सामाग्री र नगद दुई हजार दुई सय ७७ समेत समूहलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा समारोह समितिका अध्यक्ष भिक्षु श्रद्धानन्द, गुरुमा कर्माशिला दायक सभाका अध्यक्ष कृष्णमान गुभाजु, ज्ञानमाला संघका अध्यक्ष विक्रम उदास, वौद्ध उपासिका संघका अध्यक्ष चन्द्रालक्ष्मी गुभाजु र युवा बौद्ध संघका अध्यक्ष सन्देश उदासले आकुँरा एकल तथा संक्रमित महिला समूहकी अध्यक्ष लक्ष्मी अधिकारीलाई खाद्य सामाग्री र नगद हस्तान्तरण गरेका थिए ।

त्यसैगरी कार्यक्रममा बुद्ध जयन्ती समारोह समितिका पूर्व सचिव विश्व शाक्यले आकुँरा एकल तथा संक्रमित महिला समूहकी अध्यक्ष लक्ष्मी अधिकारीलाइ वुद्धको तस्वीर नगद पाँच सय रुपैया हस्तान्तरण गरेका थिए । आकुँरा एकल तथा संक्रमित महिला समूहकी अध्यक्ष अधिकारीले यस्तै सहयोगि हातहरुले समूह चलाउन सकेको वताई । हामीले सधै दुख देखाए पछि तपाईहरुको सहयोग पाइएको छ उनले भनिन्– सहयोगि हातहरु आँकुरालाई सधै खाचो छ ।

वुद्ध जयन्ती समारोह समितिका पूर्व सचिव विश्व शाक्य एचआईभि एड्स संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचन, ज्ञानमाला संघका अध्यक्ष विक्रम उदास, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक तेजेन्द्र शाक्यले बोलेका थिए । बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष भिक्षु श्रद्धानन्दको अध्यक्षतामा सम्पन्न भउको उक्त कार्यक्रममा दायक सभाका अध्यक्ष कृष्णमान गुभाजुले स्वागत र बुद्ध जयन्ती समारोह समितिका कोषाध्यक्ष श्याम शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

समितिले जेठ ११ गते सम्म विविध कार्यक्रमको आयोजना गरि सप्ताहव्यापी रुपमा वुद्ध जयन्ती मनाउन लागेको हो । सात दिन सम्मको कार्यक्रममा पोखरा र आसपासमा रहेका वौद्ध संघ संस्थाहरुले संयुक्त रुपमा मिलेर कार्यक्रम आयोजन गर्ने व्यवस्था समेत मिलाईएको छ । सोमबार बौद्ध उपासिका संघ धर्मशीला बुद्ध विहारको आयोजनामा सुखवती बौद्द गुम्वामा वुद्ध पुजा तथा धर्मदेशना र बौद्ध अर्घौ सनको आयोजनामा बौद्ध अर्घौ सदनमा गणचक्र पूजा हुने समारोह समिति कास्कीका सचिव गोविन्द ताम्राकारले जानकारी दिए ।

कमेन्टहरु
Loading...