महायज्ञको अवधी एक दिन थप, एकै दिन झण्डै डेढ करोड संकलन

पोखरा २७, माघ/ब्राहमण समाज नेपाल कास्कीकोे आयोजनामा पोखरामा सन्चालन भएको श्रीमद्भागवत् सप्ताह तथा धन धान्याञ्चल विराट ज्ञान महायज्ञको अवधी दुई दिन थप भएको छ । भक्तजन र दानवीरले महायज्ञको अवधी बढाउन माग गरेपछि समय एक दिन थप गरिएको महायज्ञ मुल समारोह समितिका महासचिव एवं प्रवत्ता विश्वमोहन पौडेलले बताए ।

माघ २७ गतेसम्म चल्ने भनिएको महायज्ञको समय एक दिन थप गरिएपछि २९ गतेसम्म महायज्ञ चल्ने छ । महायज्ञमा आज मात्रै झण्डै डेढ करोड रुपैया संकलन भएको प्रवत्ता पौडेलले बताए । उनका अनुसार महायज्ञमा हालसम्म झण्डै चार करोड रुपैया संकलन भएको छ । जातीय सद्भाव कायम गर्ने, ब्राहमण समाज नेपालको केन्द्रीय भवन निर्माण गर्ने, सनातन धर्म दर्शन÷संस्कार र संस्कृतिको अध्यापन गराउने, वैद्विक गुरुकुल आश्रम संचालन गर्ने, बहुउदेश्यीय सामुदायिक भवन र सन्त निवास निर्माण लगायतका उदेश्यले महायज्ञ आयोजना गरिएकोे हो ।

महायज्ञ पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा संचालन भईरहेको छ । महायज्ञमा युवा पण्डीत कमलनयन गौतमले भागवत् वाचन गरेका छन् । महायज्ञस्थलमा नै श्रीमद्भागवत महापुराण, शिव पुराण, गणेश पुराण, श्रीमद्देवीभागवत् पुराण, सुर्य पुराण, रुद्रभिषेक जप, रक्षवर्ती दिप प्रज्वलन, हवनादी जस्ता कार्यक्रमहरु पनि संचालन गरिएको छ। ती कार्यक्रममा प्रमुख आचार्य गङ्गाधर तिमिल्सिनाले वाचन गरेका छन् । महायज्ञ मुल समारोह समितिले महायज्ञमा सहभागि भएर सक्दो दान गर्न सवैलाई आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...