मोटरसाइकल चालकहरुको क्लबले विद्यालयलाई सहयोग

पोखरा २ बैशाख /हेर्दा ठुला, आवाज पनि चर्को आउने मोटर साइकल चालकहरुको क्लब सेक्रेड समित क्लबले पोखरा ९ न्यूरोडमा रहेको वालप्रभात माविमा अध्ययनरत छात्रछात्रालाई आईतबार एक कार्यक्रमको आयोजना गरि नगद, शैक्षिक सामग्री तथा रुमाल वितरण गरेको छ । कार्यक्रममा सेके्रड समितिका अध्यक्ष तथा एड्भेन्चर ग्रुपका टोली प्रमुख रवि थापाले पाँच वर्ष अगाडि २२ जनाबाट सुरुबात गरेको क्लबमा हाल एक सय ८० जना सदस्य रहेको जानकारी दिए ।

उनले सामान्य भन्दा फरक किसिमका ठुला मोटरसाईकल चलाउने, लामो कपाल पाल्नेहरु पनि यो देशका नागरिक भएको तथा उनिहरुले पनि देशको लागि केहि गर्न सक्छन् भन्ने वोध सरकारलाई गराउनको लागि सामाजिक कार्य तथा पर्यटन प्रबद्र्धनका कार्यगर्दै आएको वताए । कार्यक्रममा भारतको आसाममा वाढि पिडितका सन्तानलाई निशुल्क शिक्षा दिनको लागि स्थापना गरिएको ब्रम्हपुत्र विद्यालयका संस्थापक रविन्द्रनाथले आफ्नो विद्यालयमा पाँच सय जना विद्यार्थी निशुल्क अध्ययन गरिरहेको वताए ।

उनले विद्यालयले निम्न आयस्तर भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराएकोमा खुशी व्यक्तगर्दै विद्यालयका संस्थापक प्रधानाध्यापक शालिकराम अधिकारीलाई नगद आठ हजार सहयोग प्रदान गरेका थिए । नेपाल, भारत, फ्रान्स लगाएत १४ देशका नागरिकहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...