युवा टोल सुधार समिति कुँडहरद्वारा रक्तदान

पोखरा, ९ कात्तिक। विजयादशमी तथा दिपावलीको अवसरमा युवा टोल सुधार समिति कुँडहर – १३ ले शनिवार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३८ युनिट रगत संकलन भएको थियो। समितिका सदस्य आशिष गुरुङले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै पुर्वसभामुख तारानाथ रानाभाटले समाजमा रचनात्मक काम गर्ने संस्थाको खाँचो रहेको औल्याए। उनले समाजको चाहाना अनुसारका गतिविधि संचालन गर्न आग्रहगर्दै भने – समाजको चाहाना अनुसार काम गर्न संस्था छिट्टै स्थापित हुन सक्नेछन्। त्यसअवसरमा समाजसेवीहरु विश्व सिग्देल, बजिरमान श्रेष्ठ, राजेन्द्र भण्डारी, फजुलद्विन मिया, खड्कबहादुर गुरुङ र आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देलले बोलेका थिए।

कार्यक्रमका लागि युनिक कन्ष्ट्रक्सनका संचालक विकास श्रेष्ठ, शान्ति मार्ग, समृद्वि मार्ग, नवीन टोल विकास संस्था, वी.पी मार्ग आमा समुहले आर्थिक सहयोग प्रदान गरेका थिए। युवा टोल सुधार समिति कुँडहरका अध्यक्ष रामकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सुरज भण्डारीले स्वागत मन्तव्य र सहसचिव उपेन्द्रमान श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।

कमेन्टहरु
Loading...