द विल्डर्सद्वारा आयोजित खुल्ला रक्तदानमा ६० युनिट रगत संकलन

पोखरा, १४ कात्तिक/रक्तदान जिवनदान, जिवनदान महादानको नारालाई आत्मसाथ गर्दै द विल्डर्स क्लबले विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम विहीबार सम्पन्न भएको छ । 

सुगठित शरिर सम्म पु¥याउने लक्ष्यका साथ द विल्डर्स क्लबको स्थापना लगतै रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ भने कार्यक्रमको प्राविधिक रुपमा नेपाल रेडक्रस सोसाइटी कास्की, क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र रामघाटले सहयोग गरेको थिए ।

रक्तदान कार्यक्रममा कार्यक्रमका संस्थापक सल्लाहकार राजु केसीद्वारा प्रथम रक्तदाता बुद्ध थापालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । खुल्ला रक्तदान कार्यक्रममा क्लबका सचिव पदम श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको संयोजक मोहन भण्डारी (अजित)ले कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...