विकास नेपाल पोखराको नवौं वार्षिक साधारणसभा

पोखरा, भाद्र २८ गते । विकास नेपाल पोखराको नवौं वार्षिक साधारणसभा
शुक्रवार सम्पन्न भएको छ । सो सभाको उद्घाटन गर्दै कास्कीका
स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले सरकारी क्षेत्रको पहुच नपुगेको
ठाउँमा गैर–सरकारी संस्थाको आवश्यकता पर्ने बताउनु भयो ।
प्रमुख अतिथि ईश्वरराज पौडेलले संस्थाको कार्यक्रमको बारे मन्तब्य
राख्नुभएको थियो । उहाँले विकास नेपालले कुष्ठ रोग लगायतका क्षेत्रमा काम
गर्ने जनशक्तिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम गरी सेवा ग्राहीसँग
कसरी जाने भन्ने शिप हस्ताणतरण कार्यक्रम प्रभावकारी रहेको बताउदै आगामी
दिनमा जिल्ला विकास समिति कास्कीको तर्फबाट गर्नु पर्ने सहयोग जारी रहने
उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष शैलेन्द्र कुमार गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा
गैर–सरकारी संस्था महासंघका उपाअध्यक्ष गोपाल खड्का, राष्ट्रिय मानव अधिकार
आयोगका पश्चिमाञ्चल प्रमुख यज्ञ प्रसाद अधिकारी, आइ.एन.एफ. का निर्देशक बुद्धि
बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति शिव प्रसाद
कोइराला, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, ऋद्यच्क्, पोखराका
महेन्द्र लामिछाने, महिला तथा बालबालिका कार्यालयका सत्यदेवी पहारी तथा
विकास नेपालका कार्यकारी निर्देशक प्रकाशराज वाग्ले लगायतले संस्थाका बारेमा
बोल्नु भएको थियो । विकास नेपालका कार्य समितिका सदस्य करुणा ढकालले
कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...